नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिन्छ : शिक्षामन्त्री खनाल
काठमाडाैं | माघ २२, २०७९
तस्बिर : न्यूज एजेन्सी
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्नुहुँदै शिक्षामन्त्री खानालले सो कुरा बताउनुभएको हो ।
उहाँले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरु नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने भयो । मन्त्री खनालले नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

शिक्षामन्त्री खनालले भन्नुभयो, ‘‘हामी नेपाललाई नै यस्तो देश बनाऔँ, जहाँ विदेशमा जुन संख्यामा नेपाली विद्यार्थीहरु पठाउँछौँ, विदेशबाट पनि त्यही सङ्ख्यामा विद्यार्थीहरु नेपाल भित्र्याउने वातावरण बनाऔँ । हाम्रो विद्यालय शिक्षा कसरी सुधार गर्ने ? प्रारम्भिक विद्यालयहरुदेखि नै आधारभूत विद्यालय तहदेखि नै गुणस्तरमा निकै ठूलो समस्या छ, तर नेपालको भौगोलिक बनाबटको फाइदा लिँदै इन्टरनेशनल एजुकेशन हब बन्नसक्छ । त्यो हब निर्माण गर्ने भिजनसहित विदेशमा विद्यार्थी एक्सपोर्ट गर्ने नभइ विदेशी विद्यार्थी भित्र्याउनसक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।’’
मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवद्र्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो ।




पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

